काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शक्तिशाली कांग्रेस चाहिएको भए योगदान पुर्याएका नेताहरूलाई साथसाथै लैजानुपर्नेमा जोड दिएका छन्। उनले पार्टी विभाजनमा जानुभन्दा पहिले मेलमिलापको प्रयास गरिएको पनि बताए ।
सम्पर्क कार्यालय चुनदेवीमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले गत सातादेखि संस्थापन पक्षका नेताहरूसँग छलफल नभएको जनाए । हल्ला भएजस्तो बेग्लै झण्डा र चुनाव चिह्न तयार नगरिएको पनि प्रष्ट पारे । उनले सामाजिक सञ्जालमा चर्चामा रहेको बेग्लै झण्डा र चुनाव चिह्नतर्फ लक्ष्य गर्दै त्यस्तो नगरिएको बताएका हुन्।
‘त्यो झण्डा नेपाली कांग्रेसको ऐतिहासिक क्रान्ति २००७ सालको हो। झण्डा र चुनाव चिह्न तयार गर्ने भन्नेबारे अहिले हामीले सोचेका पनि छैनौं, तयार पनि गरिएको छैन ‘, नेता विश्वकर्मालेले भने, ‘त्यो बाध्यता नआओस् भनेरै हामी अहोरात्र काम गरिरहेका छौं।’
पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्ने काम संस्थापन पक्षको रहेको उनको दाबी थियो । ‘उहाँहरूले चाहनुभयो भने चुनदेवी सम्पर्क कार्यालयले पार्टीका गतिविधि एकसाथ नै गर्नेछ, यदि सानेपा कांग्रेस उदासिनता देखायो भने बाहिर रहेका कांग्रेसहरूले विकल्प खोज्ने अवस्था आउँछ’, नेता विश्वकर्माले भने । ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया