काठमाडौँ । सामाखुशीको एक अटोमोवाइल सेन्टरबाट कार, सुनको असर्फी, मोबाइल र नगद लुटपाट गरेको आरोपमा नेपाली सेनाका तीनजना पक्राउ परेका छन्।
गएराति सामाखुसी रानीबारीस्थित न्यु रानीबारी अटो प्रालिमा मर्मतका लागि राखिएको टोयोटा कार बा १३ च ३६५९ समेत लुटेर लगेको बताइएको छ । लुटपाटमा सलग्नहरुमा धादिङका २५ वर्षीय गौतम सुवेदी, चितवनका ३० वर्षीय रोशन तामाङ र रामेछापका ३० वर्षीय हिरालाल माझी हुन्। उनीहरू त्रिपुरेश्वरस्थित नेपाली सेनाको गणेश दलमा कार्यरत रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
उनिहरुले कार चालक निमाई मण्डललाई कुटपिट गरेर निजको साथमा रहेको तीन हजार, असर्फी र मोबाइल फोन लुटिएको पीडितले जनाएका छन् । घटनापछि खोजतलास गर्दा प्रहरीले आज बिहान सामाखुसी सिटी स्क्वायरबाट कारसहित सेनाका तीनै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामा सुवेदी सिपाही हुन् भने तामाङ र माझी प्युठ हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया