logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ

    1.1KShares
    अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका राखी पटक पटक ज्यान मार्न धम्की दिने एउटा उग्रवादी समूहका नाइके पक्राउ परेका हुन् । एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहले राईलाई मंसिर दोस्रो साता १० दिनको अल्टिमेटम दिँदै हत्याको धम्की दिएको थियो ।

    उच्च स्रोतका अनुसार हाल फिलिपिन्सको राजधानी मनिला पुगेको उक्त समूहका नाइके भनिएका प्रकाश पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । पाठकलाई नेपाल ल्याएर आवश्यक कारबाही गर्न नेपाल प्रहरीको विशेष टोली त्यसतर्फ जाने तयारीमा छ ।‘अहिले तपाईं सुरक्षा घेरामा हुनुहुन्छ । माधव नेपाललाई दुई दिनभित्र पक्रेर जेल नहालेमा तपाईंको परिवारका सदस्यहरुलाई सिध्याउन हाम्रा सुटरहरु रेडी छन् । उनीहरुले फलो गरिरहेका छन् ।’

    पक्राउ परेका पाठकलाई हस्तान्तरण गर्न कम्तीमा दुई दिन प्रक्रिया लाग्ने प्रहरी स्रोतले बताएको छ । मनिला पुग्न दुई दिन,फर्कन दुई दिन र हस्तान्तरण गर्न दुई दिन लाग्ने भएकाले टोली गएर आउन एक साता लाग्ने देखिन्छ । अख्तियारको आधिकारिक इमेलमा उक्त समूहले पठाएको इमेलमा १० जनाको हत्या गर्ने योजना बनाएको र त्यसमा राईको नाम पनि समावेश रहेको उल्लेख थियो । इमेलमा लेखिएको छ, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ,त्यसमा तपाईंको नाम पनि छ । १० दिनभित्र राजीनामा दिनुहोला,यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ ।’

    आफूलाई सो समूहको संगठन प्रमुख बताउने प्रकाश पाठकद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘यो काम हामीले गर्दैनौँ,भागेका कैदीहरुले गर्नेछन्,उनीहरुलाई हामी आर्थिक सहायता गर्नेछौँ, घटनाको जिम्मेवारी भने हामी नै लिनेछौँ ।’ उनले सोही व्यहोराको धम्की फेसबुक पेजमा भिडियो मार्फत् दिएका थिए ।

    प्रहरीले त्यतिबेलै ‘हत्याको धम्की दिनेहरुको पहिचान भइसकेको र उनीहरुको लोकेसन ट्रयाक भइरहेको’ जनाएको थियो । त्यतिबेला नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको उक्साहटमा पाठक समूहले विदेशबाट धम्की दिएको हुनसक्ने कोणबाट पनि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसको केही दिनपछि अधिकारीलाई भ्रष्टाचार काण्डमा अख्तियारले पक्राउ गरिसकेको छ । महानिर्देशक अधिकारीमाथि त्यसअघि पनि जेन जी युवाको एउटा समूहलाई उचालेर आफू प्रतिकूलका व्यक्तिलाई धम्क्याउन लगाएको आरोप लागेको थियो ।

    राईलाई पाठकले अर्को पटक धम्काउँदै माधवकुमार नेपाललाई नपक्रेकोमा रोष प्रकट गरेका थिए । भनिएको थियो, ‘अहिले तपाईं सुरक्षा घेरामा हुनुहुन्छ । माधव नेपाललाई दुई दिनभित्र पक्रेर जेल नहालेमा तपाईंको परिवारका सदस्यहरुलाई सिध्याउन हाम्रा सुटरहरु रेडी छन् । उनीहरुले फलो गरिरहेका छन् ।’
    समाचार स्रोत : जनआस्था डटकम



    फास्ट न्युज    
  • २०८२ पुष ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार