logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • खोटाङमा चट्याङ लागेर एकजनाको मृत्यु

    1.1KShares
    खोटाङमा चट्याङ लागेर एकजनाको मृत्यु

          खोटाङ । खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

    नगरपालिकाको वडा नं. ८ बस्ने ५९ बर्षिय गंग ढकालको मृत्यु भएको स्थानिय बिरेन्द्र पाण्डेले बताए । उनका अनुसार बिहिवार दिउसो २ बजेतिर बिजुलीको पोल छेउमा रहेको बर्षाको भेल कटाउने क्रममा चट्याङ पर्दा उनको मृत्यु भएको हो।

    मृतकको पार्थिव शरीर भने अहिले सम्म घट्ना स्थलमै रहेको छ। घट्ना स्थलमा दोवेला प्रहरी चौकीका प्रहरी नपुगेको र मृतकको छोरा पनि काठमाडौंबाट फर्कदै गरेको कारण पार्थिव शरीर उठाउने काम भएको छैन।
    लामो समय खडेरी परिरहेको   बेला खोटाङमा हप्ता दिन देखि दिन बिराएर पानी परिरहेको छ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट