logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • आज संघीय संसदका विभिन्न समितिको बैठक, कर्मचारीहरूको आन्तरिक समस्या लगायतमा छलफल

    आज संघीय संसदका विभिन्न समितिको बैठक, कर्मचारीहरूको आन्तरिक समस्या लगायतमा छलफल

    507
    SHARES
    आज संघीय संसदका विभिन्न समितिको बैठक, कर्मचारीहरूको आन्तरिक समस्या लगायतमा छलफल

    काठमाडौं । संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।



    कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण सम्बन्धमा छलफल हुनेछ ।

    पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।

    यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका सम्बन्ध र नेपालमा ईआएएरआईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।


    फास्ट न्युज
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट