logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • हुम्लामा रैथाने बाली चिनो, कागुनो, तिते फापर र सिमीको भाउ बढ्यो

    1.1KShares
    हुम्लामा रैथाने बाली चिनो, कागुनो, तिते फापर र सिमीको भाउ बढ्यो

    हुम्ला – हुम्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण भएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

    नयाँ मूल्य अनुसार चिनो र कागुनोको चामल प्रतिकिलो एक सय ८० रुपैयाँ, सिमी प्रतिकिलो एक सय ७० रुपैयाँ, कोदो र तिते फापर प्रतिकिलो एक सय रुपैयाँ तथा मिठे फापर र उवा प्रतिकिलो एक सय २० रुपैयाँ निर्धारण गरिएको छ । चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढेको छ । सिमीको भाउ प्रतिकिलो १० रुपैयाँले बढेको छ ।

    यी सबै रैथाने बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रूपमा मूल्य निर्धारण गर्न शुरू गरिएको यो तेस्रो वर्ष हो ।

    बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट