काठमाडौं : काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। विहान ६ बजेर ५२ मिनेटमा काठमाडौं उपत्यकामा अध्यधिक ठूलो भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का महसुस भएसँगै उपत्यकामा सुतिरहेका स्थानीय घरबाहिर सडकमा निस्किएका छन्। काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प कति म्याग्निच्युडको हो, कहाँ केन्द्र रहेको छ भन्ने बारेमा अध्ययनको काम भइरहेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको मापनको सन्दर्भमा थप विवरण आउन बाँकी छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया