काठमाण्डाै। स्वास्थ्य मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमालाई १ लाख बाट ५ लाख सम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताउदै त्यसको लागि प्रकिया थालिएको बताएकाछन। मन्त्री प्रदिप पौडेलले जिल्ला पार्टी सभापतिहरु संग स्वास्थ्य क्षेत्रको सुधारमा भैरहेको कामको सन्दर्भमा आज छलफल गर्ने क्रममा उक्त कुरा वताएका हुन। नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले कांग्रेसका जिल्ला पार्टी सभापतिहरू संग अनलाइन जुम वैठक मार्फत छलफलको आयोजना गरेका हुन।

मुख्य गरि स्वास्थ्य बीमाको दायरा बिस्तार र सुधारका सन्दर्भमा सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य मन्त्रीको सहयोगी रामप्रसाद अधिकारीले बताए। सहभागी सभापतिहरुलाई सम्बोधन गर्ने क्रममा उहाले भन्नू भयो ” अहिले बीमा रकमलाई १ लाख बाट बढाएर ५ लाख वनाउने सरकारको योजना छ। त्यसै मुताविक अध्यान समिति बनाएका छौ । १५ दिन भित्र समितिले प्रतिवेदन दिएपछि मन्त्री परिषदवाट अनुमोदन गरिनेछ।” त्यसै गरि आफू मन्त्री बनेपछि ८ ओटा अस्पतालमा जलन सम्वन्धि उपचार सुरु गरिएको र थप शुष्मा मेमोरियल अस्पतालमा समेत यसको सेवा बिस्तारको पहल भैरहेको , सातै प्रदेशमा क्यानसरको विरामीले उपचार पाउनेगरि काम प्रारम्भ भएको र १४ बर्ष मुनिका बालबालिकालाई क्यान्सरको निशुल्क उपचारको ब्यवस्था समेत गरेको जानकारि गराएका थिए।
ओैषधिको मुल्यमा जथाभावी भएकोले त्यसको नियन्त्रणको लागि मूल्य निर्धारण समिति बनेको र समितिले काम गरिरहेको, त्यस्तै अस्पतालहरुमा स्वास्थ्य स्वयंसेवीकाहरुलाई कम पारिश्रमिकमा काम लगाउने गरिएको हुदा त्यस्ता प्रचलनलाई अन्त्य गर्दै अब देखि न्युनतम पारिश्रमिक नदिएको भेटिए अस्पताल र संचालकलाई कारवाही गरिने मन्त्री पौडेलले बताए। कार्यक्रममा कृषि मन्त्री तथा धादिङका सभापति रामनाथ अधिकारी, खोटाङका सभापति बिष्णुकुमार राई, काठमाडौं सभापति सवुज वानिया लगायत ३५ जिल्ला भन्दा बढी सभापतिहरुको सुझाव र सहभागिता रहेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया