logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

    1.1KShares
    पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

    काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको हो ।

    स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो ।

    विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।‍



    फास्ट न्युज    
  • २०८२ कार्तिक २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट