logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

    994Shares
    बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

    बागलुङ। बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो। दुर्घटना परेका मध्ये पाँच जनाकाे अवस्था गम्भीर छ ।

    दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

    हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरीक्षक चिलवालले बताउनुभयो। उहाँका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट