logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • काठमाडौंका सबै कार्यालय सुचारु हुने

    883Shares
    काठमाडौंका सबै कार्यालय सुचारु हुने

     काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू सोमबार खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
    “दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,” सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २०, सोमबार ०२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार