काठमाडौं । लेबनानस्थित तैनाथ शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालस्थित ३४ राष्ट्रले निन्दा गरेका छन्।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल)का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो।यस द्वन्द्धमा सामेल रहेका सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ।यसमा नेपालसहित शान्ति सैनिक खटिएका ३४ राष्ट्रले हस्ताक्षर गरेका छन्।उक्त विज्ञप्तिमा सबै राष्ट्रले दक्षिणी लेबनान र मिडल इस्टमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख छ।फोर्सले आक्रमण गरेको थियो।यसरी हस्ताक्षर गर्नेमा नेपालसहित कोरिया,अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल(साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, काजकिस्तान, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनिया,इटाली, कतार रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया