काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।
पहिलो सेट १७-२५ र दोस्रो सेट २०-२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो । उसले तेस्रो सेट २५-१२ र चौथो सेट २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । निकै प्रतिस्पर्धात्मक पाँचौं सेटमा १५-१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले उपाधि रक्षा गर्यो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया