logo

२०८३ जेष्ठ २१ बिहीबार

logo
  • २०८३ जेष्ठ २१ बिहीबार
  • आइपीएलमा गुजरातको पहिलो जीत दर्ता

    1.1KShares
    आइपीएलमा गुजरातको पहिलो जीत दर्ता

    काठमाडौं।गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ ।

    शनिबार भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको हो ।

    अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । सुर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । तिलक वर्माले ३९ रन बनाए ।
    ओपनरद्वय रोहित शर्मा ८ तथा रायन रिकेल्टन ६ रनमै मोहम्मद सिराजको बलमा आउट भएपछि सुर्यकुमार र तिलक मिलेर साझेदारी बनाउँदा मुम्बई १० ओभरमा ८६(२ को अवस्थामा थियो ।

    त्यसपछि बलिङमा आएका प्रसिद्ध कृष्णाले शानदार स्पेल गरेपछि गुजरातले दबाब बढाएको थियो । १२औं, १४औं, १६औं र १८औं ओभर गरेका उनले १८ रन मात्र दिएर २ विकेट लिए । त्यसबीचमा साइ किशोरले पनि राम्रो बलिङ गरे ।
    सिराज र प्रसिद्धले २(२ विकेट लिए भने साइ किशोर र कगिसो रबाडाले १(१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो ।

    गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६३ रन बनाए भने जस बटलरले ३९ तथा कप्तान शुभमन गिलले ३८ रनको योगदान दिए । शेरफान रदरफोर्डले १८ रन बनाए ।

    बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिँदा मुजीब उर रहमान, दीपक चहर, ट्रेन्ट बोल्ट र सत्यनारायण राजुले १(१ विकेट लिए ।

    योसँगै २ खेलमा २ अंकसहित गुजरात अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट