logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने

    934Shares
    कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय पनि भएको छ ।

    नेता महतका अनुसार एक महिने अभियानका लागि विभिन्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई राहत र उद्धार खट्न र कोजाग्रत पूर्णिमासम्मका सबै कार्यक्रम स्थगित गर्दै सो दिन पार्टीले विभिन्न चाडपर्व लक्षित चियापान कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ ।

    उनले भने,‘सरकारलाई तत्काल राहत र उद्धारमा ध्यान दिँदै बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छौं ।’कांग्रेस बैठकले राष्ट्रिय विपत्रिमा सबै राजनीतिक दल,नागरिक समाज र सबै नागरिकलाई एकजुट भएर राहत र उद्धारमा जुट्न आग्रह गर्दै चाडबाडको मुखमै परेको विपत्तिमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बैठकले ०८१ मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदारलाई दर्ता गर्ने र सबै प्रकृया अघि बढाउन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी निर्णय गरेको नेता महतले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट