logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • सहकारी प्रकरणः रकम अपचलन गरेर फरार जीबी राईको राहदानी रद्द नहुने

    सहकारी प्रकरणः रकम अपचलन गरेर फरार जीबी राईको राहदानी रद्द नहुने

    1.1K
    SHARES
    सहकारी प्रकरणः रकम अपचलन गरेर फरार जीबी राईको राहदानी रद्द नहुने

    ११ जेठ, काठमाडौं । सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो ।



    तर जीबीको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक रमेशकुमार चर्मकारले बताए । ‘हामीले कानुन शाखाको सहयोगमा अध्ययन गरेका थियौं’ उनले भने, ‘राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा उहाँका राहदानी रद्द गर्न मिल्दैन ।’अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ ।

     

     

     


    फास्ट न्युज
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सम्बन्धित समाचार