logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • अज्ञात समूहले चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्कमा आक्रमण गर्यो

    अज्ञात समूहले चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्कमा आक्रमण गर्यो

    1.2K
    SHARES
    अज्ञात समूहले चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्कमा आक्रमण गर्यो

    काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालका अनुसार दिउँसो ३ बजेतिर बा। ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत पुरुष र महिला कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्ति तोडफोड गरेका छन् ।



    उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको घटनापछि पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएपछि आक्रमणकारी पछि हटेको बताइएको छ ।

    लगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमणकारीलाई पक्राउ गरेको जानकारी आएको कम्पनीले जनाएको छ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै संलग्नलाई कारबाहीका लागि सरकारसँग अनुरोध गरिएको छ ।


    फास्ट न्युज
  • शुक्रबार, २१ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट