काठमाडौं । आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। क्यानडाको किङ्ग्स सिटीमा मङ्गलवारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो। खेल रद्द भएपछि दुबै टोलीले एकएक अङ्क बाँडेका छन्।
रद्द भएसँगै नेपाल र ओमानले एक एक अंक पाएका छन्।यससँगै क्यानडामा खेलिएको सिरिजमा नेपाल जितबिहीन बनेको छ।
यसअघि नेपालले खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको थियो। घरेलु टोलीसँग दुई र ओमानसँग एक खेलमा नेपालले हार ब्यहोरेको थियो।
विश्वकप लिग-२ मा नेपालले कुल ८ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने जनाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया