logo

२०८३ मंसिर २ मंगलवार

logo
  • २०८३ मंसिर २ मंगलवार
  • बेलायत जनसम्पर्क समितिमा देउवा समूहको नेतृत्व फेरि युवराज गुरुङकै काँधमा

    850Shares
    बेलायत जनसम्पर्क समितिमा देउवा समूहको नेतृत्व फेरि युवराज गुरुङकै काँधमा

    काठमाडौं । नेपाली जनसम्पर्क समिति बेलायतमा नेपाली कांग्रेसको देउवा समूहले पुनः युवराज गुरुङकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको छैटौँ महाधिवेशनबाट गुरुङ आगामी चार वर्षका लागि सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
    बेलायतमा नेपाली कांग्रेसको संगठन विस्तार र गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका गुरुङलाई पुनः नेतृत्वको जिम्मेवारी दिइएको हो । सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाबाट उनी निर्विरोध चयन भएका हुन् । महाधिवेशनले २७ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।

    वि.सं. २०४२ सालदेखि राजनीतिमा सक्रिय गुरुङले नेपाल विद्यार्थी संघ संखुवासभाको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए । नेपाली कांग्रेसको भ्रातृ तथा जनसम्पर्क संगठनमा निरन्तर सक्रिय रहँदै आएका उनले यसअघि दुई कार्यकाल समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।
    महाधिवेशनबाट उपसभापतिमा विनोद योन्जन, विशाल राई र सन्तोष सुवेदी चयन भएका छन् । महामन्त्रीमा टपेन्द्र राई, सुजन बन्जरा र निशान लिम्बु तथा सहमहामन्त्रीमा सुधिर भण्डारी, बसन्त राई, दुर्गा लिम्बु, एलबीजेड गुरुङ र ज्ञानुराज राई चयन भएका छन् । कोषाध्यक्षमा सुजित शाही चयन भएका छन् ।
    त्यस्तै, सदस्यमा दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्याज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्बो र मिलन शाही रहेका छन् ।
    महाधिवेशनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि बेलायतबाट १४ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ । प्रतिनिधिमा युवराज गुरुङ, विनोद मोक्तान, विशाल राई, निशान लिम्बु, विनोद योन्जन, सुजित शाही, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोक गुरुङ, निर्मल सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, पारस कोइराला र राजकुमार सुनार रहेका छन् ।

    तीमध्ये युवराज गुरुङ, विनोद मोक्तान, सन्तोष सुवेदी, लोक गुरुङ, रोजिना गुरुङ र राजकुमार सुनार महासमिति सदस्यसमेत चयन भएका छन् ।
    यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षले हितकाजी गुरुङको सभापतित्वमा छुट्टै कार्यसमिति गठन गर्ने घोषणा गरेको थियो । त्यसपछि बेलायतस्थित जनसम्पर्क समितिमा दुई समूहका गतिविधि अलग-अलग रूपमा अघि बढिरहेका छन् । देउवा समूहको छैटौँ महाधिवेशनबाट गुरुङ पुनः नेतृत्वमा चयन हुनुलाई बेलायतस्थित उक्त समूहको संगठनात्मक निरन्तरताका रूपमा हेरिएको छ ।
    महाधिवेशन सम्पन्न भएको जानकारी महासमिति सदस्य एवं कांग्रेस नेता विनोद मोक्तानले दिएका हुन् ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट