logo

२०८३ आश्विन १९ सोमबार

logo
  • २०८३ आश्विन १९ सोमबार
  • नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न

    853Shares
    नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न

    काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको ‘पलेँटी’ लघु सांगीतिक कार्यक्रमअन्तर्गत यसपटक नीर शाहका गीत र उनका सांगीतिक यात्रासँग जोडिएका संस्मरण प्रस्तुत गरिएको हो ।

    संगीतकार तथा ‘पलेँटी’का संयोजक आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्डमा नीर शाहले जीवन र दर्शनसँग निकट रहेर रचेका शब्दमा संगीतबद्ध गीतहरू प्रस्तुत गरिएका थिए ।

    कार्यक्रमको सुरुवात ‘गहिराइमा डुब्दै नडुब’ बोलको गीतबाट भएको थियो । त्यसपछि ‘कहिलेकाहीँ म हाँस्छु, धेरैबेर हाँस्छु’ बोलको गीत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रमका क्रममा मञ्चको मध्यभागमा बसेका नीर शाहले विभिन्न सर्जकसँगको आफ्नो संगत र सांगीतिक यात्राका संस्मरण सुनाएका थिए । विगतका सहयात्रा र संगत सम्झँदै गर्दा उनी कतिपय प्रसंगमा गम्भीर देखिन्थे ।

    विशेषगरी गायक नारायण गोपालसँगको आफ्नो संगतका प्रसंग सुनाउँदै शाहले उनीसँग जोडिएका विभिन्न सम्झना साझा गरे । नारायण गोपालसँगै **‘गोल्डन काइट वर्ल्ड सङ फेस्टिभल’**मा जाँदाको यात्रालाई स्मरण गर्दै उनले त्यही क्रममा नारायण गोपालले जगदम्बाश्री पुरस्कार प्राप्त गरेको समाचार सुनेको बताए ।

    पुरस्कार प्राप्त गरेपछि नारायण गोपालले पुरस्कार रकमको हिसाबकिताब गर्दै हँस्यौली शैलीमा किनमेलका योजना बनाएको प्रसंगसमेत शाहले सुनाए । उनका यस्ता संस्मरणले कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै नेपाली संगीत क्षेत्रका पुराना सहयात्रा र सम्बन्धलाई समेत जीवन्त बनाएको थियो।



    फास्ट न्युज    
  • २०८३ आश्विन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट