logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • आज मोेती जयन्ती

    आज मोेती जयन्ती

    1.1K
    SHARES
    आज मोेती जयन्ती

    आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती हो ।
    विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । यसै सन्दर्भमा आज विभिन्न कार्यक्रमहरु गरेर उनलाई स्मरण गरिन्छ ।



    नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको मानिन्छ ।

    नेपाली साहित्यमा गजल भित्र्याउने श्रेय पनि भट्टलाई छ । नेपाली भाषा साहित्यमा समालोचना पनि उनले गरेका थिए । पहिलोे जीवनी लेख्ने परम्परा उनले गरेको मानिन्छ ।

    बहुमुखी प्रतिभाका उनी छोटो जीवन बाँचेर नेपाली भाषा साहित्यमा भने सदा बाँचिरहेका छन् । हाम्रो पनि भावपूर्ण श्रद्धान्जली ।


    फास्ट न्युज
  • सोमबार, १७ भाद्र २०८१
  • सम्बन्धित समाचार