logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • ‘रियलमी मिस्टर नेपाल २०२४’ को उपाधी झापाका सन्तोष लोक्समले जिते

    925Shares
    ‘रियलमी मिस्टर नेपाल २०२४’ को उपाधी झापाका सन्तोष लोक्समले जिते

    काठमाडौं । रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति राजधानीको सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

    यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भन्नुभयो, “रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधी जित्न सफल भएकोमा सन्तोषलाई धेरै–धेरै बधाई दिन चाहन्छौँ । अन्य उपाधी विजेताहरुलाई पनि हार्दिक बधाईका साथै आगामी यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ । साथै प्रतियोगितामा सहभागि सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर यस्तो प्ल्याट्फर्म हो जहाँ बाहिरी सुन्दरता मात्र नभएर युवाहरुको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिन्छ। युवाहरुको क्षमता पहिचान गर्ने र योग्य प्रतियोगीलाई सम्मान गर्ने यस मिस्टर नेपालको सफलतापुर्वक आयोजना र समापन गरेकोमा आयोजक नेक्स्त मोडल्सको सम्पुर्ण टिम र सम्बद्ध समस्तमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।”

    प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिइ म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुष दुवैले तीन लाख रुपियाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ भाद्र १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट