logo

२०८३ आश्विन १९ सोमबार

logo
  • २०८३ आश्विन १९ सोमबार
  • पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    748Shares
    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुन पुगेको बताएका छन्। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो स्पष्टीकरण दिएका हुन्।
    “विपत्का कारण हाम्रा नियमित कार्यक्रमहरू प्रभावित भए। साथै, पार्टीभित्र सबै साथीहरूलाई एक ठाउँमा ल्याउने र बृहत्तर एकताको वातावरण बनाउने प्रयासमा लाग्दा केही कार्यतालिका तलमाथि हुन पुग्यो,” थापाले भने। उनले एकताको यो वातावरण निर्माणका लागि उपसभापतिलगायत विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत सकारात्मक सहयोग गरेको उल्लेख गरे।

    पार्टीको विधानअनुसार सदस्यता अद्यावधिक गर्ने कामलाई तीव्रता दिनुपर्ने भए पनि विशेष राजनीतिक परिस्थितिका कारण अद्यावधिक नगरेका सदस्यहरूलाई समेत समेट्नुपरेको थापाले बताए। अन्तिम समयसम्म सदस्यतासम्बन्धी राजनीतिक निर्णयहरू भइरहँदा विवाद न्यूनीकरणमा केही जटिलता आएको उनको भनाइ थियो। सबै सदस्यसँग ‘एनसी आईडी’ (NC ID) नम्बर भएको भए महाधिवेशनका कतिपय प्राविधिक झमेलाहरू बेलैमा टर्ने उनले स्पष्ट पारे।
    करिब ७ हजार प्रतिनिधि सहभागी महाधिवेशनमा हल व्यवस्थापनको चुनौतीबारे बोल्दै थापाले काठमाडौँमा यति ठूलो संख्या अट्ने उपयुक्त स्थान अभावका कारण बन्दसत्र व्यवस्थापनमा केही समस्या आएको स्वीकार गरे। उनले बन्दसत्रका क्रममा प्रतिनिधिहरूलाई हुन गएको प्राविधिक असहजताप्रति क्षमासमेत मागेका छन्। महाधिवेशनको भव्य उद्घाटन भने काठमाडौँको खुलामञ्चमा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।



    फास्ट न्युज    
  • २०८३ आश्विन १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट