logo

२०८३ मंसिर ६ शनिबार

logo
  • २०८३ मंसिर ६ शनिबार
  • सरकार नढल्ने रवि लामिछानेको दाबी, ‘आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्नुस्’

    940Shares
    सरकार नढल्ने रवि लामिछानेको दाबी, ‘आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्नुस्’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने स्पष्ट गरेका छन् ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने हल्ला चलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले आफूहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै आन्दोलनका माध्यमबाट सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरे ।

    लामिछानेले निर्वाचनको विषयमा हल्का टिप्पणी नगर्न पनि आग्रह गरे । जनताको मतको सम्मान गर्नुपर्ने भन्दै उनले निर्वाचनलाई लिएर गरिने गैरजिम्मेवार अभिव्यक्तिले जनमतको अपमान हुने बताए ।

    कांग्रेसको बलियो र कमजोर दुवै पक्ष उसको इतिहाससँग जोडिएको उल्लेख गर्दै लामिछानेले विगतमा कांग्रेसले पछाडि पारिएका वर्ग र समुदायलाई पर्याप्त ध्यान दिन नसकेको आरोप लगाए । उनले समानुपातिक सिट बिक्री गरेको आरोप लगाउँदै त्यस्तो अवस्था नभएको भए आफू पनि कांग्रेस बन्न सक्ने सम्भावना रहेको टिप्पणी गरे ।

    लामिछानेले आफूहरू लोकतन्त्रका मूल्य र मान्यताविरुद्ध कुनै कदम नचाल्ने बताए । लोकतन्त्रको रक्षा गर्ने सवालमा आफूहरू अग्रपंक्तिमा उभिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट