काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
कांग्रेसले विधान संशोधन गरेर एक महिलासहित तीन जना महामन्त्री रहने व्यवस्था गरेसँगै संग्रौलाले यो पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुन्। पार्टीको जारी महाधिवेशनको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ भने बिहीबार निर्वाचन हुनेछ। नयाँ विधानको व्यवस्थापछि महिलाको प्रतिनिधित्व सुनिश्चित हुने भएपछि उनको यो उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया