logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • एमाले महाधिवेशनमा २२२७ मत खस्यो, एकैसाथ मतपरिणाम सार्वजनिक गरिने

    1.1KShares
    एमाले महाधिवेशनमा २२२७ मत खस्यो, एकैसाथ मतपरिणाम सार्वजनिक गरिने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।

    महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।

    उनले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए । ‘मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ’, उनले भने, ‘मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।’

    एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।

     



    फास्ट न्युज    
  • २०८२ पुष ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट