logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • युद्धरत इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीच युद्धविराम

    931Shares
    युद्धरत इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीच युद्धविराम

    गाजा। युद्धरत इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीच युद्धविराम भएको छ । उनीहरुबीच युद्धविरामसँगै बन्धक छाड्ने सम्झौता भएको छ । झण्डै डेढ वर्षदेखि जारी युद्ध डेढ महिनाका लागि रोकिएको छ । कतारको राजधानी दोहामा भएको वार्तापछि युद्धविराम भएको हो । युद्धविराम पर्सि आइतबारदेखि औपचारिक कार्यान्वयन हुने बताइएको छ ।

    सम्झौता अनुसार हमासले बन्दी बनाएका सबै बन्धकको रिहाइको कार्य अघि बढाइने छ । इजरायलले पनि प्यालेस्टिनी बन्धकहरू छाड्ने र आफ्ना सैनिकलाई प्यालेष्टिनी क्षेत्रबाट हटाउने तयारी छ । बन्धक रिहाइको पहिलो चरणमा हमासले ३३ जना इजरायली नागरिक, महिला सैनिक, बालबालिका, वृद्धवृद्धा र बिरामीलाई छाड्दै छ । हमासले बन्धक बनाएका ८४ जना विदेशी नागरिकमा नेपालका विपिन जोशी पनि एक हुन । बन्धक विदेशी नागरिक दोस्रो चरणमा रिहा हुने अनुमान छ ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट