logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • सरकार–डा. केसी संवाद सुरु, तर अनशन तोडिने संकेत अझै छैन

    751Shares
    सरकार–डा. केसी संवाद सुरु, तर अनशन तोडिने संकेत अझै छैन

    धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग सरकारको औपचारिक संवाद सुरु भएको छ। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसी पक्षसँग टेलिफोनमार्फत वार्ताको पहल गरेका हुन्। तर, डा. केसी पक्षले तत्काल निर्णय हुनुपर्ने तीन प्रमुख सर्त राखेपछि अनशन अन्त्य हुने अवस्था भने अझै बनेको छैन।

    मन्त्री पोखरेलले डा. केसीसँग प्रत्यक्ष कुरा गर्न उनका सहयोगी डा. अमृत जैशीलाई फोन गरेका थिए। त्यतिबेला डा. केसी आराम गरिरहेकाले जैशीले नै मन्त्रीसँग करिब १० मिनेटभन्दा बढी संवाद गरेका थिए। वार्ताका क्रममा डा. केसीले सम्पूर्ण संवाद सुनिरहेको स्रोतले जनाएको छ।

    फोनवार्तामा मन्त्री पोखरेलले सरकारले डा. केसीका मागप्रति सकारात्मक दृष्टिकोण राखेको र वार्ताबाट समाधान खोज्न इच्छुक रहेको बताएका थिए। त्यसको जवाफमा डा. जैशीले सरकारको प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने भन्दै तीन सर्त अघि सारे।

    डा. केसी पक्षले आगामी मन्त्रिपरिषद् बैठकबाट शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गर्नुपर्ने, तत्काल चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने व्यवस्था मिलाउनुपर्ने तथा स्वार्थ बाझिने गरी नियुक्त गरिएको उपकुलपति र रजिस्ट्रारलाई हटाएर नयाँ जिम्मेवारी तोक्नुपर्ने माग राखेको छ।

    सरकारले माग सम्बोधनका लागि गम्भीर रहेको संकेत दिए पनि ती विषयमा ठोस निर्णय नआएसम्म अनशन जारी रहने डा. केसी पक्षको अडान देखिएको छ।

    डा. केसीले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि पाँचबुँदे माग राख्दै आमरण अनशन सुरु गरेका हुन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट