logo

२०८३ असार १९ शुक्रबार

logo
  • २०८३ असार १९ शुक्रबार
  • दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्यो, एक जनाको शव फेला

    853Shares
    दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्यो, एक जनाको शव फेला

    दैलेख ।  सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुबाहक बस दैलेखमा कर्णाली नदीमा खस्दा एक जनाको शव फेला परेको छ।
    कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको बस बिहीबार बिहान करिब साढे ११ बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गअन्तर्गत साङगेतरा क्षेत्रमा दुर्घटनामा परेको हो।
    सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन। दुर्घटनास्थल नजिकै भिरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ भने शव निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए।
    दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली घटनास्थलमा खटिएको छ।
    दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै, बसमा सवार यात्रुको यकिन संख्या र अन्य क्षतिको विवरण उद्धार कार्य सम्पन्न भएपछि मात्र पुष्टि हुने बताइएको छ।



    फास्ट न्युज    
  • २०८३ असार १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट