logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • सप्तरीको तिलाठी कोइलाडीमा आगलागीमा परि १२ घरगोठ जले

    760Shares
    सप्तरीको तिलाठी कोइलाडीमा आगलागीमा परि १२ घरगोठ जले

    राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आगलागी हुँदा १२ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

    स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्किएको आगोले उनको दुईवटा घर र एउटा गाईगोठ जलेको प्रहरीले जनाएको छ । आगोले छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर र एउटा गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक–एक वटा घरसमेत जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेको दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट