logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • रसुवा बाढीमाा मृत्यु हुनेको संख्या ११ पुग्यो

    904Shares
    रसुवा बाढीमाा मृत्यु हुनेको संख्या ११ पुग्यो

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी थप दुई जनाको शव फेला परेको छ, यससँगै मृतकको संख्या ११ पुगेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भोटेकोशी र त्रिशुली नदी किनारामा खोजीकार्य जारी राखेका छन्।

    बाढीले तिब्बततर्फ अड्किएका ९१ जना नेपालीलाई केरुङमा चिनियाँ सरकारले खाना बस्नको व्यवस्था मिलाएको छ। २६ असार, काठमाडौं । रसुवाको भोटेकोशी नदी ९तिब्बततर्फ ल्हेन्दे खोला भनिने० मा आएको बाढीमा परी बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको छ ।

    एक जनाको चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा र अर्का व्यक्तिको नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा शव फेला परेको हो । यससँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि ४ जनाको शव र ५ जनाको मानव अंग विभिन्न स्थानमा फेला परेका थिए ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीको टोलीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ । बाढिको कारण सडक अवरुद्ध भएकाले सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई थप १ सय ४३ जनालाई सुरक्षित गन्तब्यतर्फ पठाएको छ ।

    हालसम्म बाढीको चपेटमा परेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ । बाढीले तिब्बततर्फ अड्किएका ९१ जना नेपालीलाई केरुङमा चिनियाँ सरकारको पहलमा खाना बस्नको व्यवस्था मिलाइएको शसस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

    बाढीमा परेर बेपत्ता भएका मध्ये ९ जनाको अवस्था अझै अज्ञात छ । बाढीमा परेर ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका थिए । फेला परेका शवमध्ये अहिलेसम्म एक जनाको मात्र पहिचान खुलेको छ । बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार २७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट