logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • नेपाल १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा

    976Shares
    नेपाल १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा

    काठमाण्डौ – नेपाल मलेसियालाई ९ विकेटले हराउँदै एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गर्यो । त्यसअघि यूएइको अजमानमा रहेको सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया १७ ओभर २ बलमा ५१ रन बनाउँदा अलआउट भएको थियो ।

    साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । आज नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ ।

    फाइनलमा पुग्ने दुबै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । तेस्रो हुने टोली पनि एशिया कपमा छनोट हुनेछ । १९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल पर्सि सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट