logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आईपीएल क्रिकेटमा गुजरातले बेङ्गलुरुलाई ८ विकेटले हरायो

    952Shares
    आईपीएल क्रिकेटमा गुजरातले बेङ्गलुरुलाई ८ विकेटले हरायो

    काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे ।गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए ।

    बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए । त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए ।

    गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने दोस्रोमा मुम्बई इन्डियन्सलाई हराएको थियो । यस्तै तेस्रो खेलमा पहिलो हार बेहोरेको बेङ्गलुरु ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बेङ्गलुरुले यसअघि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सलाई हराएको थियो ।आईपीएलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार