logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे ए डिभिजन फुटबल क्लबहरू

    892Shares
    एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे ए डिभिजन फुटबल क्लबहरू

    काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ए डिभिजन फुटबल क्लबहरूले एन्फा कम्लेक्स अगाडि धर्ना दिएका छन् ।

    गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरूले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् ।

    उनीहरूले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रूपमा आफूहरूले स्वीकार गरे पनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

    हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ए डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताए । उनले आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा आफूहरूको जोड रहेको भन्दै यस विषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताए ।

    धर्नामा सहभागीहरूले एक वर्षको फुटबल साइकललाई ४ वर्षसम्म लम्बाउन नहुने, फुटबल दबाबमा होइन, मैदानमा खेलौँ, ८९३ दिनदेखि ए डिभिजन कसको कारणले रोकियो, क्लबको लगानीलाई बेवास्ता नगरौँ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट