logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि सुरु हुँदै

    916Shares
    केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि सुरु हुँदै

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता हुने भएको छ ।राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिए । ।

    उनले भने, ‘तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते उद्घाटन भई १९ फाईनल प्रतियोगिता हुने यहाँहरुलाई जानकारी गराउँदछौं । प्रतियोगितामा अखिल नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुनेछन् । प्रतियोगिताको क्वाटर फाईनलसम्मका खेलहरु एन्फा कम्प्लेक्स, सातदोवाटो, लतिपुरमा हुनेछन् भने सेमी फाईनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछन् ।’

    प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थपत एन्फा कम्प्लेक्समा खेलाइने र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने छ । सोही अनुसार सहभागी हुने टीमहरु छनोट गरिने छ । जसमा नेपालका ‘ए डिभिजन’ तथा विदेशी टीमहरुलाई समावेश गराईने पनि उनले जानकारी दिए ।

    कार्यक्रमको लागि आवश्यक पर्ने मुलआयोजक कमिटी तथा विषयसँग सम्बन्धित उपसमितिहरु गठन गरिने साथै यस्तै पुरस्कार तथा व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौता हुने उनको भनाई छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट