काठमाण्डौ – नेपाल मलेसियालाई ९ विकेटले हराउँदै एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गर्यो । त्यसअघि यूएइको अजमानमा रहेको सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया १७ ओभर २ बलमा ५१ रन बनाउँदा अलआउट भएको थियो ।
साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । आज नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ ।
फाइनलमा पुग्ने दुबै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । तेस्रो हुने टोली पनि एशिया कपमा छनोट हुनेछ । १९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल पर्सि सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया