logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

    997Shares
    काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

    काठमाडौं ।जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जनकपुर बोल्टस प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।

    त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो ।

    जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे । त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए ।

    अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा पुग्दा शीर्ष चारमा रहने पनि पक्का भयो। यता आजको खेलमा पराजित भएसँगै काठमाडौँको प्लेअफ सम्भावना भने कठिन भएको छ। काठमाडौँले पाँच खेलमा तीन खेलमा हार बेहोरिसकेको छ। अब उसलाई प्लेअफमा पुग्नका लागि बाँकी दुवै खेल जित्नु पर्ने अवस्था छ।

    बिहीबार काठमाडौँले दिएको १०२ रनको लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा १५।५ ओभरमा पूरा गर्‍यो। जनकपुरका लागि हर्ष थाकरले नटआउट २५ रन र मोहमद मोहसिनले नटआउट १३ रन जोडे।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट