काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
यसैबिच सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया