logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • विद्युतीय कार्ड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    1.1KShares
    विद्युतीय कार्ड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    काठमाडौं । विद्युतीय कार्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले उपभोक्तालाई सचेत गराएको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सोमबार सार्वजनिक गरेको सूचनामा प्रिपेड, डेबिट वा क्रेडिट कार्ड प्रयोगसँग सम्बन्धित विवरण बुझ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    सूचनाअनुसार भुक्तानी सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा अन्य प्रदायकले ग्राहकलाई सम्पूर्ण जानकारी उपलब्ध गराउनैपर्नेछ। कार्डमार्फत मौज्दात जाँच्न, कारोबार विवरण लिन, एटिएमबाट नगद निकाल्न, पसल वा सेवाग्राही स्थानमा पीओएसरपीओटी मेशिनमार्फत भुक्तानी गर्न तथा तेस्रो पक्षको खातामा रकम पठाउने जस्ता सेवा सहज रूपमा पाउनुपर्ने उल्लेख गरिएको छ।

    यस्तै, राष्ट्र बैंकले कार्डको विवरण सुरक्षित राख्न, शंकास्पद कारोबार देखिएमा तत्काल बैंक वा सेवा प्रदायकलाई जानकारी दिन आग्रह गरेको छ। वित्तीय साक्षरता र उपभोक्ता अधिकार संरक्षणलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले यो सूचना जारी गरेको हो।



    फास्ट न्युज    
  • २०८२ आश्विन ७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट