logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • ‘देउवा निवासमा पैसैपैसा’ भिडियो फेक भएको सचिवालयको स्पस्टोक्ति (विज्ञप्तिसहित)

    1.2KShares
    ‘देउवा निवासमा पैसैपैसा’ भिडियो फेक भएको सचिवालयको स्पस्टोक्ति (विज्ञप्तिसहित)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणाको घरबाट भदौ २४ गते भएको प्रदर्शनका क्रममा घरबाट पैसैपैसा भेटिएकोबारे उनको निजी सचिवालयले खण्डन गरेको छ ।

    देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै सामाजिक सञ्जालमा आएका भिडियोहरु फेक भएको दाबी गरेका छन् ।

    ‘जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं’, सचिवालयले भनेको छ । त्यस्तै, देउवा दम्पतीमाथि डकैती शैलीमा घरमा आक्रमण भएको पनि उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट