logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • संसद विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

    1.3KShares
    संसद विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

    काठमाडाैं ।सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताएका छन्।बिहीबार संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो असन्तुष्टि राख्नुभएको हो ।

    उहाँले जेन-जी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आन्दोलनका क्रमममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उहाँले सबैले एकआपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्ने बताउनु भयो ।

    सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गरका छन् ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट