logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • कस्तो छ आजको मौसम?

    1.3KShares
    कस्तो छ आजको मौसम?

    काठमाडौं। मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तराईभन्दा केही दक्षिणतिर छ। त्यसैले मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जानकारी दिएको छ।बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट