logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • दुई बुँदे सहमति पालना नभए फेरि विरोधमा उत्रिने प्रचण्डकाे चेतावनी

    1KShares
    दुई बुँदे सहमति पालना नभए फेरि विरोधमा उत्रिने प्रचण्डकाे चेतावनी

    काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलसँग हिजो भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोध हुने बताउनुभएको छ ।

    आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको दाबी गर्नुभयो ।

    भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको उहाँको भनाइ छ । साथै उहाँले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो नरहेको उल्लेख गर्नुभयो ।

    गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभामा हुँदै आएको अवरोध हटाउन हिजो प्रमुख प्रतिपक्ष माओवादी र सत्तारुढ दलबीच दुई बुँदे सहमति भएको थियो । सहमतिपछि हिजोको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफ्नो जवाफ राख्नुभयो । तर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले बैठकमा अवरोध गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट