logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • ‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’

    931Shares
    ‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’

    काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।

    महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । शिक्षकहरुको जारी आन्दालेनले बाटो अवरुद्ध हुँदा आफ्नो व्यवसायमा असर परेको भन्दै र आफ्नो अधिकारका विषयमा माग राख्दा अरुको अधिकार बञ्चित नगर्न पनि महासंघले आग्रह गरेको छ ।

    महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा शिक्षकहरुको निरन्तरको आन्दोलनले सडक अवरुद्ध भइ व्यवसाय हुन नसकेकोप्रति आपत्ति जनाउँदै सरोकारवाला समक्ष गम्भीररुपमा ध्यान दिन उल्लेख गरिएको छ । करिब दुई हप्तादेखि शिक्षकहरुले आफ्ना माग पूरा गराउन भन्दै आन्दोलन गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट