काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ । चितवन, मकवानपुर, धनुषा, पाल्पा, डोटीलगायतका ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया