logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम् वर्षा

    895Shares
    देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम् वर्षा

    काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ । चितवन, मकवानपुर, धनुषा, पाल्पा, डोटीलगायतका ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

    आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट