logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • कस्तो होला आजको मौसम ?

    802Shares
    कस्तो होला आजको मौसम ?

    काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट केही दक्षिणतिर रहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनर–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    त्यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १४, शुक्रबार ०२:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार