logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कोशी प्रदेशका मन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी

    1.5KShares
    कोशी प्रदेशका मन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी

             खोटाङ। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईविरुद्ध आज उनकै गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकाका जनता र कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

    साकेला गाउँपालिकामा परेको योजनाहरु कटाएको तथा नयाँ योजना कुनै पनि नदिएको भन्दै उनिबिरुद्व नाराबाजी गरिएको थियो।  राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् ।

    कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र साकेला गाउँपालिकाका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिए । मन्त्री राईसँग आक्रोशित कार्यकर्ताहरुले आफूहरुको अगाडि मन्त्री र गाउँपालिका अध्यक्ष रविप्रकाश राई बिच वार्ता हुनुपर्नेभन्दै नाराबाजी गरिरहेका छन् ।

    मन्त्री राईलाई गाउँपालिका प्रमुख राईले आफ्नो कार्यालयमा कार्यक्रम गर्न नदिएपछि वडा नं.–३ खिदिमास्थित ढाँडेमा उक्त कार्यक्रम सारिएको जनाइएको छ । आफ्नै कार्यकर्ताले कार्यक्रम अवरोध गर्ने जानकारी पाएपछि उनले जिल्लाभरिका आफ्ना समर्थकहरुलाई साकेलामा आउन आग्रह गरेका थिए। उनको आग्रहमा कसैले साथ नदिएपछि मन्त्री राई सुरक्षाकर्मीको ठूलो सङ्ख्यासहित कार्यक्रमस्थल खिदिमा पुगेका थिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार