logo

२०८३ जेष्ठ १३ बुधबार

logo
  • २०८३ जेष्ठ १३ बुधबार
  • आईपीएल: मुम्बई शीर्ष स्थानमा, बाहिरियो राजस्थान

    1.1KShares
    आईपीएल: मुम्बई शीर्ष स्थानमा, बाहिरियो राजस्थान

    काठमाडौं ।राजस्थान रोयल्सविरुद्ध १०० रनको सहज जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्ष स्थानमा उक्लिएको छ ।बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

    राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए । कप्तान रियान परागले १६, सुभम दुवेले १५ रन थप्दा यशस्वी जैसवालले १३ रन थपे ।यसअघि अघिल्लो खेलमा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका वैभव सूर्यवंशी यस खेलमा भने शून्यमै पभेलियन फर्किए ।

    राजस्थानलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान तीन विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिँदा हार्दिक पन्ड्या र दीपक चहरले समान एक विकेट हात पारे ।त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको थियो ।

    मुम्बईका ओपनर रिकेलटोनले सर्वाधिक ६१ रन बनाए । उनले ३८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर रोहित शर्माले ३६ बलमा नौ चौकासहित ५३ रन थपे ।यी दुईले पहिलो विकेटका निम्ति ११६ रनको साझेदारी गर्दै मुम्बईलाई बलियो सुरुआत दिलाएका थिए । सूर्यकुमार यादव र कप्तान हार्दिक पन्ड्याले समान ४८ रन थपे ।

    राजस्थानका महिस थिक्षणा र रियान परागले समान एक विकेट लिए ।जितसँगै ११ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै राजस्थान भने आईपीएल–२०२५ को प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बनेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट