२० फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशनबाट आज नयाँ नेतृत्व चयन हुँदैछ।
पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गरिने बताए ।
गोसाईँका अनुसार सर्वसम्मत नेतृत्व चयन हुनेछ। यो पटक पनि संस्थापक अध्यक्ष नारायाणमान बिजुक्छे रोहित नै सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार बिजुक्छेको विकल्पमा अघि सर्न कोही पनि तयार देखिएका छैनन्। महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया